काठमाण्डाै, कीर्तिपुर मैदानमा हुने त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलामा नेपालले पहिलो खेल नेदरल्याण्ड्ससँग खेल्ने भएको छ ।
वैशाख ४ गतेदेखि हुने खेलको खेल तालिका सार्वजनिक भएको हो । तालिका अनुसार नेपाल र नेदरल्याण्ड्सको खेल वैशाख ४ गते दिउँसो सवा २ बजे शुरु हुन्छ ।
वैशाख पाँच गते मलेसिया र नेदरल्याण्ड्स खेल्नेछन् । त्यस्तै नेपालले दोस्रो खेल मलेसियासँग वैशाख ६ गते, तेस्रो खेल नेदरल्याण्ड्ससँग वैशाख ७ गते खेल्ने भएको छ ।
तालिका अनुसार वैशाख ८ गते मलेसिया र नेदरल्याण्ड्स खेल्ने भएका छन् । लिगको अन्तिम खेलमा वैशाख ९ गते नेपाल र मलेसिया खेल्नेछन् ।
डबल राउण्ड रोबिनका आधारमा हुने शृङ्खलाकाे शीर्ष दुई टाेलीले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल वैशाख ११ गते हुनेछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।