बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

लुम्बिनीलाई हराउँयो सुदूरपश्चिम मेयर कप महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश

लुम्बिनीलाई हराउँयो सुदूरपश्चिम मेयर कप महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश

मेगा खबर संवाददाता

२५, चैत्र २०७७
  • 1.4K
    SHARES

  • लुम्बिनीलाई हराउँयो सुदूरपश्चिम मेयर कप महिला टी–२०  क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश

    काठमाण्डाै, लुम्बिनी प्रदेशमाथि आठ विकेटको जित निकाल्दै सुदूरपश्चिम प्रदेश राजधानीमा चलिरहेकाे ललितपुर मेयर कप महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरिइएको छ । 

    कीर्तिपुरकाे त्रिभुवन विश्वविद्यालयको मैदानमा बुधवार भएकाे खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई हराउँदै विभागीय टोली एपीएफसँगको भेट पक्का गरेको छ ।

    एपीएफ एक खेलअघि नै फाइनल पुगिसकेकाे छ । लुम्बिनीले दिएको ७३ रनको लक्ष्य सुदूरपश्चिमले १२ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्‍याे । सुदूरपश्चिमको जितमा मन्जु बोगटीले सर्वाधिक २६ रन जोडिन् । बिन्दु रावल १७ रनमा अविजित रहिन् ।

    रेवती धामीले १७ रन जोड्दा कविता जोशीले अविजित ४ रन बनाइन् । लुम्बिनीकी कृतिका मरासिनीले २ विकेट लिइन् ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर ७२ रन बनाएको थियो ।

    लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक २६ रन बनाइन् । यस्तै कप्तान नेरी थापाले ११ रन जोडिन् । अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । लुम्बिनीलाई कम रनमै राेक्न लक्ष्मी साउदले चार विकेट लिइन् । ऋतु कनौजियाले तीन तथा सुनिता लुहर र कविता जोशीले एकएक विकेट लिए ।

    लुम्बिनीलाई हराएसँगै सुदूरपश्चिमले ४ खेलमा ६ अङ्क जोड्यो ।  प्रतियोगितामा बिहीवार दुई खेल हुनेछन् । पहिलो खेल ललितपुर मेयर्स–११ र प्रदेश १ तथा दोस्रो खेल लुम्बिनी प्रदेश र एपीएफबीच प्रतिस्पर्धा रहेको छ । 

    बुधवार, चैत्र २५ २०७७०४:२९:३३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार