कास्की, पोखरामा भइरहेकाे १९ औँ संस्करणको आहा रारा गोल्ड कप प्रतियोगिताकाे सेमिफाइनल समीकरण पूरा भएको छ ।
पोखराको रङ्गशालामा मङ्गलवार नेपाल पुलिस क्लबले थ्री स्टार क्लबलाई चार–शून्यले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्दा सेमिफाइनल समीकरण पूरा भएको छ ।
वाग्मती गोल्ड कपको उपाधि जितेर पोखरा भ्रमण गरेको टोली थ्री स्टारलाई पुलिसले पराजित गरेर अफ्रिकन रुटसँगकाे भेट पक्का गरेको छ । सुरुवातबाट नै दबाब दिएर खेलेको पुलिसले खेलकाे २९ औँ मिनेटमा बुद्धबल तामाङले ‘वान टच’ मा गोल गर्दै पुलिसलाई अग्रता दिलाएको थिए ।
हाफमा एक–शून्यले पछि परेको थ्री स्टारले दोस्रो हाफमा थप तीन गोल खान पुग्यो । खेलकाे ६८ औँ मिनेटमा पुलिसले दोस्रो गोल थप्यो । सुमन लामाले बायाँ डीबक्सतर्फ उपलब्ध गराएको पासलाई निरकुमार राईले तेज तामाङको लागि ब्याक पास उपलब्ध गरे । तामाङले क्रस बार च्याप्दै गोल गरेपछि पुलिस अग्रता दाेब्बर भयाे ।
खेलकाे ७४ औँ मिनेटमा सुमन लामाको व्यक्तिगत दोस्रो क्रस पासमा बुद्धबल तामाङले नेपाल पुलिसका लागि तेस्रो गोल गर्दा टाेली फराकिलो नजितातर्फ अगाडि बढ्यो । ८६ औँ मिनेटमा सुमन लामाको पासमा सौजन राईले क्लिन फिनिशिङ गर्दै नेपाल पुलिसलाई चार–शून्यकाे अग्रतासँगै जित सुनिश्चित बनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।