बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

ललितपुर मेयर कप महिला क्रिकेटमा एपीएफले ललितपुरलाई १० विकेटले हरायाे

ललितपुर मेयर कप महिला क्रिकेटमा एपीएफले ललितपुरलाई १० विकेटले हरायाे

मेगा खबर संवाददाता

२४, चैत्र २०७७
  • 2.3K
    SHARES

  • ललितपुर मेयर कप महिला क्रिकेटमा एपीएफले ललितपुरलाई १० विकेटले हरायाे

    काठमाण्डाै – ललितपुर मेयर महिला टी–२० क्रिकेटको मङ्गलवारकाे पहिलो खेलमा एपीएफले ललितपुर मेयर्स–११ लाई १० विकेटले हराएको छ ।

    त्रिवि क्रिकेट मैदानमा ललितपुरले दिएको ६७ रनको सामान्य लक्ष्य एपीएफले नौ ओभर एक बलमा कुनै पनि विकेट नगुमाइ भेटायो । एपीएफका लागि राजमती शाहीले ३३ र इन्दु बर्माले २८ रन बनाए ।

    प्रतियाेगितामा एपीएफको यो लगातार तेस्रो जीत हो । यसअघि पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा नौ विकेट गुमाएर ६६ रन बनायो । उसका लागि कञ्चन श्रेष्ठले सबैभन्दा बढि १७ रन बनाइन् ।

    एपीएफकी बिनु बुढाले चार विकेट लिइन् । दोस्रो खेलमा अहिले प्रदेश १ र सुदूरपश्चिम खेलिरहेका छन् । 

    मंगलवार, चैत्र २४ २०७७०६:०७:३०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार