बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आहा रारा गोल्डकप फुटबलको अन्तिम क्वाटरफाइनल खेल हुँदै

आहा रारा गोल्डकप फुटबलको अन्तिम क्वाटरफाइनल खेल हुँदै

मेगा खबर संवाददाता

२४, चैत्र २०७७
  • 1.2K
    SHARES

  • आहा रारा गोल्डकप फुटबलको अन्तिम क्वाटरफाइनल खेल हुँदै

    पोखरामा जारी १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको अन्तिम क्वाटरफाइनलमा खेल आज हुँदैछ ।

    पोखरा रंगशालामा हुने अन्तिम क्वाटरफाइनलमा थ्री स्टार क्लब र नेपाल पुलिस क्लबबीचको खेल दिउँसो ३ बजे शुरु हुनेछ । दुई टिमबीच यसअघि आहा रारामा ७ खेलमा प्रतिस्पर्धा भएको छ ।

    जसमा पुलिसले ६ खेल जितेको छ । थ्री स्टारले एक मात्र खेल जितेको छ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ ।

    यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाइएको छ । व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

    मंगलवार, चैत्र २४ २०७७१२:१६:१८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार