बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कांग्रेस र राजपाको अवरोधपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

कांग्रेस र राजपाको अवरोधपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

मेगा खबर संवाददाता

१२, आषाढ २०७७
  • 2.2K
    SHARES

  • कांग्रेस र राजपाको अवरोधपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

    धनगढी । सुदूरपश्चिम प्रदेशसभाको शुक्रबारको बैठक प्रतिपक्षी दलकाे विराेधपछि स्थगित भएको छ । प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोधपछि आजको प्रदेशसभाको बैठक स्थगित भएको हो ।

    बैठक प्रारम्भ हुनासाथ आफ्नो आसनबाट उठेर प्रतिपक्षी दलका सदस्यले अवरोध गरेपछि सभामुख अर्जुनबहादुर थापाले एक जनालाई बोल्न अनुमति दिनुभयो । त्यसपछि राष्ट्रिय जनता पार्टीका कृष्णबहादुर चौधरीले कोरोना रोकथाम, सङ्क्रमितको उपचार व्यवस्थापन, क्वारेन्टाइनको व्यवस्थापन जस्ता सबै काममा प्रदेश सरकार असफल भएको, योजना बाँडफाँटमा भ्रष्टाचार भएको भन्दै कोरोना उपचार र व्यवस्थापनमा भएको भनिएको ९३ करोड खर्चको वास्तविक विवरण सदनलाई जानकारी गराउन र पिसिआर जाँचको दायर बढाउन माग गर्नुभयो ।

    सभामुख थापाले प्रतिपक्षीबाट आएको विचारले सदनको ध्यानाकर्षण भएको र उठाइएका प्रश्नको सरकारले जवाफ दिन पनि सदन चल्नुपर्ने भएकाले आफ्नो आसनमा बस्न आग्रह गर्नुभयो । त्यसपछि पनि प्रतिपक्षी सदस्य आफ्नो आसनबाट उठेर विरोध गरेपछि सभामुखले बैठक स्थगन गरिएको जानकारी गराउनुभयो ।

    लगातारको अवरोधसँगै प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७र०७८ को नीति कार्यक्रम र बजेट माथिको छलफल अघि बढ्न सकेको छैन । यसअघि असार १० गतेको बैठक पनि अवरुद्ध भएको थियो । आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट कार्यक्रममाथि छलफल शुरु गर्ने कार्यसूची रहेको थियो ।

    शुक्रवार, आषाढ १२ २०७७११:२१:३७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार