बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट लुम्बिनी र प्रदेश १ खेल्दै

ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट लुम्बिनी र प्रदेश १ खेल्दै

मेगा खबर संवाददाता

२३, चैत्र २०७७
  • 2.0K
    SHARES

  • ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट लुम्बिनी र प्रदेश १ खेल्दै

    ललितपुर, ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेटमा आज लुम्बिनी र प्रदेश १ खेल्दैछ ।

    कीर्तिपुर मैदानमा दिउँसो एक बजे शुरु हुनेछ । हिजो भएको खेलमा मेयर-११ ले लुम्बिनी प्रदेशलाई २७ रनले हराएको थियो ।अस्ति भएको पहिलो खेलमा प्रदेश-१ एपीएफसँग आठ विकेटले पराजित भएको थियो ।

    प्रतियोगितामा एपीएफ, प्रदेश-१, सुदूरपश्चिम, लुम्बिनी प्रदेश र ललितपुर मेयर्स–११ सहभागी छन् । शीर्ष दुई टोलीबीच चैत २८ गते फाइनल खेल हुनेछ । प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार समेत पाउने छन् ।   

    सोमवार, चैत्र २३ २०७७०८:४५:२९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार