ललितपुर, ललितपुर मेयर कप महिला टी–२० क्रिकेटमा आइतवार सशस्त्र प्रहरीको एपीएफ क्लब र ललितपुर मेयर्स–११ विजयी भएका हुन् ।
आइतवारकाे पहिलाे खेलमा एपीएफले सुदूरपश्चिमलाई ३७ रनले हरायो । त्रिवि क्रिकेट मैदानमा एपीएफले दिएकाे एक सय २८ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९ ओभरमा अलआउट हुँदै ९० रन मात्रै बनाउन सक्यो ।
यसअघि पहिले ब्याटिङ गरेको एपीएफले ज्योति पाण्डेको ५९ रनको मद्दतमा एक सय २७ रन बनाएको थियो । जितसँगै एपीएफ चार अङ्कका साथ शीर्ष स्थानमा रहेको छ ।
यस्तै दोस्रो खेलमा ललितपुर मेयर्स–११ ले लुम्बिनी प्रदेशलाई २७ रनले हराएको छ । ललितपुरले दिएको एक सय ४५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले पाँच विकेट गुमाएर एक सय १७ रन मात्रै बनाउन सक्यो । लुम्बिनीका लागि सरस्वती जीएमले सर्वाधिक ४६ रन बनाइन् ।
यसअघि पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ४४ रन बनायो । ललितपुरका लागि सुमन खतिवडाले अविजित ७७ रन बनाइन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।