काठमाण्डाै, पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो खेलमा एपीएफले प्रदेश एकलाई हरायो ।
त्रिवी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले प्रदेश एकलाई आठ विकेटले हराएकाे हाे । प्रदेश एकले दिएको एक सय सात रनको लक्ष्य एपीएफले १८ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।
उसका लागि सीता रानामगरले ५२ र ज्योति पाण्डेले ३२ रन बनान् । यसअघि पहिले ब्याटिङ गरेको प्रदेश एकले रुबिना क्षेत्रीको ४५ रन मद्दतमा २० ओभरमा ४ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो ।
प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।