काठमाडौं । बुधबारको स्थायी समिति बैठकमा एकअर्काबीच घोचपेचमा उत्रिएका प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । भेटवार्ताका लागि अध्यक्ष प्रचण्ड पौने एक बजे बालुवाटार पुगेको र अहिलेसम्म पनि दुई नेताबीचको वार्ता जारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।
ओली प्रचण्ड भेटवार्तामा स्थायी समिति बैठकपछि उत्पन्न प्रतिकृया र भोलीबाट हुने बैठकमा हुने छलफलका विषयमा कुराकानी भएको बताइएको छ ।
बुधबार सुरु भएको स्थायी समिति बैठकमा ओलीले पार्टी नेताहरुले सरकारलाई सहयोग नगरेको गुनासो गरेका थिए भने प्रचण्डले प्रधानमन्त्री एक्लै हिँड्न खोजेको बताएका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।