बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई ४-४ लाख दिने

सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई ४-४ लाख दिने

मेगा खबर संवाददाता

२०, चैत्र २०७७
  • 1.4K
    SHARES

  • सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई ४-४ लाख दिने

    काठमाण्डाै, सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही चारचार लाख रुपैयाँ दिने छ ।

    आज शुक्रवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही चारचार लाख रुपैयाँ दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए ।  

    त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा गएकाे सोमवार भएको फाइनल खेलमा नेपालले बङ्गलादेशलाई दुई–एक गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप फुटबलको उपाधि जितेको थियो ।

    नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गरेका थिए । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको छ । उपाधिसँगै नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त गरेको छ । 

    खेलाडीको हौसला बढाउन प्रधानमन्त्री ओली दशरथ रङ्गशाला पुगेका थिए । नेपालको तर्फबाट दुवै गोल हुँदा प्रधानमन्त्री ओलीले उठेर ताली बजाउँदै खेलाडीलाई हौसला प्रदान गरेका थिए । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पनि विजेता खेलाडीलाई जनही एक लाख रुपैया पुरस्कार दिने घोषणा समेत गरिसकेको छन् । 

    शुक्रवार, चैत्र २० २०७७०२:१४:३१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार