बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

विद्युतीय बस खरिद गर्दै बागमती प्रदेश सरकार

विद्युतीय बस खरिद गर्दै बागमती प्रदेश सरकार

मेगा खबर संवाददाता

२०, चैत्र २०७७
  • 2.8K
    SHARES

  • विद्युतीय बस खरिद गर्दै बागमती प्रदेश सरकार

    बागमती प्रदेश सरकारले बहुप्रतिक्षित विद्युतीय बस खरिद प्रक्रिया सुरु गरेको छ । बागमती प्रदेश सरकारअन्तर्गतको प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डले विद्युतीय बस तथा विद्युतीय सवारी साधन चार्जर खरिद गर्न अन्तर्राष्ट्रिय स्तरमा बोलपत्र आह्वान गरेको हो ।

    वातावरणमैत्री विद्युतीय बस खरिद प्रक्रिया चालू आर्थिक वर्षमा सुरु गरी आगामी वर्षको पुस–माघमा बस आइसक्ने छ । प्रदेश सरकारको अघिल्ला आर्थिक वर्षमा नै विद्युतीय बस सञ्चालन गर्ने नीति र कार्यक्रममा घोषणा गरिए पनि बोर्ड गठन र खरिद प्रक्रियामा भएको ढिलाइले बस खरिद र सञ्चालनमा ढिलाइ भएको थियो ।

    बोर्डको निर्देशक जगदीशचन्द ढुङ्गानाले ३० वटा विद्युतीय बस र १५ वटा चार्जर खरिदका लागि ४५ दिनको म्याद राखेर ग्लोबल टेन्डर आह्वान गरिएको बताए । उनका अनुसार ८।५ मिटर देखि ९।४ मिटर लम्बाइको कोच सिटी मिनी बस १० वटा र १०।५ मिटर लम्बाइको सिटी मिनी बस २० वटा खरिद योजना रहेको जानकारी दिँदै चार्जर खरिदसँगै चार्जिङ सेन्टरको पूर्वाधार निर्माणलाई अगाडि बढाइने बताए ।

    हेटौँडामा दुईदेखि पाँच, भरतपुरमा दुई र सातदेखि १० वटा काठमाडौँमा चार्जिङ सेन्टर राख्ने योजना रहेको छ । चार्जिङ स्टेसनका लागि हेटौँडा र भरतपुरमा जग्गा उपलब्ध भइसकेको र काठमाडौँमा जग्गा खोजी भइरहेको छ । यस्तै विद्युतीय कारहरूलाई समेत सुविधा दिने गरी धादिङको कुरिनटारदेखि गल्छीबीचमा चार्जिङ स्टेसन निर्माण गरिने भएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

    शुक्रवार, चैत्र २० २०७७०७:३६:१४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार