बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात

राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात

मेगा खबर संवाददाता

१९, चैत्र २०७७
  • 1.8K
    SHARES

  • राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात

    काठमाण्डाै, न्यू डायमण्ड स्पोर्ट्स क्लबले पाँचौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात भएको छ ।

    त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहान भएको महिलातर्फको पहिलो खेलमा न्यू डायमण्डले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा हराएको छ ।

    प्रतियोगिता अन्तर्गत अहिले पुरुषतर्फको खेलमा नेपाल पुलिस क्लब र नयाँ बजार सामाजिक युवा क्लब खेलिरहेका छन् । योसहित आज पुरुषतर्फ तीन खेल हुनेछ । आजै दोस्रो खेलमा एपीएफले बुलबुले रारा क्लब तथा त्रिभुवन आर्मी क्लबले मणिमुकुन्द भलिबल क्लबसँग खेल्ने छ ।

    महिलातर्फ भने आज अरु खेल छैन । आजदेखि सुरु प्रतियोगिता आउँदो बिहीवारसम्म चल्नेछ । प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।  

    महिला र पुरुष विजेताले ३ लाख नगद तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन्  । यस्तै, तेस्रो हुनेले ७६ हजार र चौथो हुनेले ३७ हजार ५ सय रुपैयाँ पाउने छन्  । 

    बिहिवार, चैत्र १९ २०७७०१:२०:४९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार