काठमाण्डाै, कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलको युरोपेली क्षेत्रको छनाेट खेलमा इङ्ग्ल्याण्डले लगातार जित निकालेको हो ।
गएराति भएको खेलमा पोल्याण्डलाई २-१ गोल अन्तरले हराउँदै इङ्ग्ल्याण्डले ९ अंक जोडेको छ । समूह 'आई'मा रहेको इङ्ग्ल्याण्ड शीर्ष स्थानमा रहेको छ । विश्वकप छनाेट खेलमा गएराति नै भएका अरु खेलमा अर्मानिया, नर्थ म्याक्याडोनिया, आइल्याण्ड, स्पेन, इटली, फ्रान्स, डेनमार्क, इजरायल, र स्कटल्याण्ड विजयी भएका छन् ।
स्कटल्याण्डले फारो आइल्याण्डलाई, इजरायलले मोल्डोमालाई, डेनमार्कले अस्ट्रियालाई र आइल्याण्डले लेचटेनस्थेनलाई समान ४-० गोल अन्तरले पराजित गरे ।
यस्तै,अर्मेनियाले रोमानियालाई ३-२ गोल अन्तरले पराजित गर्यो भने कोसोभो स्पेनसँग ३-१ गोल अन्तरले पराजित भयो ।इटलीले लुथिनियालाई २-० गोल अन्तरले हरायो ।
ग्रीस र जर्जियाले १-१ गोलको बराबरी खेल्दा नर्थन आइल्याण्ड र बुल्गेरियाले गोलरहित बराबरी गरे । यस्तै, अरु खेलमा फ्रान्सले बोस्नियालाई १-० गाेल अन्तरले हरायो भने युक्रेन र काजखास्तानले एकएक गोलको बराबरी खेले भएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।