बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पाकिस्तानका १० जना क्रिकेट खेलाडीमा कोरोना संक्रमण

पाकिस्तानका १० जना क्रिकेट खेलाडीमा कोरोना संक्रमण

मेगा खबर संवाददाता

१०, आषाढ २०७७
  • 4.2K
    SHARES

  • पाकिस्तानका १० जना क्रिकेट खेलाडीमा कोरोना संक्रमण

    पाकिस्तानका १० जना क्रिकेट खेलाडीमा कोरोना भाइरसको संक्रमण भएको छ ।

    मंगलबार फखर जमान, इमरान खान, काशिफ भट्टी, मोहम्मद हफिज, मोहम्मद हसनैन, मोहम्मद रिजवान र वहाब रियाजलाई कोरोना पुष्टि भएको पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ ।

    यसअघि सोमबारमात्रै शादाब खान, हारिस रउफ र हैदर अलिलाई कोरोना संक्रमण भएको थियो । दुई दिनमै १० पाकिस्तानी खेलाडीलाई कोरोना संक्रमण भएको हो ।

    नेगेटिभ रिपोर्ट आएका २८ खेलाडी भने यही महिना बेलायत जानेछन् । पाकिस्तान क्रिकेट टिमले आगामी अगस्टमा तीन टेस्ट र तीन टि–ट्वान्टी म्याच खेल्ने तय भएको छ ।

    बुधवार, आषाढ १० २०७७१२:४१:३९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार