एजेन्सी, अमेरिकाको एटलान्टा क्षेत्रमा भएको स्पा सेन्टरमा भएको गोलीबारीपछि एक युवक पक्राउ परे ।
युवक पक्राउ परेपछि ‘सेक्स एडिक्शन’ को विषय पुनः चर्चामा आएको हो । उक्त युवकले गोलीबारीपछि आफूलाई स्पा सेन्टर देख्दा यौन इच्छा तीव्र हुने भएकाले स्पाप्रति घृणा जागेर गोलीबारी गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।
उनको तीव्र यौन इच्छा कै कारण उनलाई परिवारले घरबाट समेत निकालेका थिए । उनी घटौँसम्म ‘पोर्न फिल्म’ हेर्ने गरेको परिवारको भनाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाइएका छन् ।
यस काण्डपछि विश्वभर नै ‘सेक्स’ को लत रोग हो? भन्ने विषयमा चर्चा हुन थालेको छ । विशेषज्ञ र मनोवैज्ञानिक चिकित्सकहरुले यौन इच्छा तीव्र हुने कारणले हिंसा हुन्छ भन्ने कुरा साँचो नभएको बताएका छन् ।
‘सेक्स’ लतको लक्षण
मानिसका अन्य लत जस्तै सेक्सको लत पनि एक हो, यसले मानव मष्तिष्कमा हाबी भएको हुन्छ । स्वास्थ्य विशेषज्ञका अनुसार स्वास्थ्यकर जीवनका लागि यौन पनि आवश्यक हुन्छ ।
आवश्यकता भन्दा बढी यसमा चासो दिनु शारीरिक र मानसिक स्वास्थयका लागि बेफाइदा हुन्छ । यौनको लत लागेका व्यक्तिहरु जुनसुकै समयमा पनि यौनकै बारेमा सोचेर बस्ने गर्छन् । यस्ता व्यक्तिहरु कुनै न कुनै तरिकाले यौनजन्य क्रियाकलापमा नै लागिरहन्छन् । यति मात्र होइन यौनकै लागि आफ्नो व्यक्तिगत र व्यवसायिक जीवनमा समेत क्षति पुर्याउने गर्छन् ।
यौनको लत लागेका व्यक्तिहरु दुईभन्दा बढी सम्बन्धमा रहने गर्छन् । यस्ता व्यक्तिहरु आफ्ना पार्टनरसँग कुनै पनि भावनात्मक रुपमा लगाव राख्दैनन् । कोही सेक्सको लत लागेका व्यक्तिहरु नियमित रुपमा व्यवसायिक रुपमा यौन कार्यमा संलग्नहरुकोमा जाने गर्छन् ।
साथै, साइबर सेक्स र पोर्नोग्राफीमा पनि लिप्त रहनेगर्छन् ,यस्ता व्यक्तिहरु असुरक्षित सम्बन्धको खतरा पनि उठाउने गर्छन् । यस्ता व्यक्तिहरुलाई भावनात्म सन्तुष्टि मिल्दैन । र, यौनसम्बन्धपछि अपराधबोध गर्छन् ।
यसको कारणः
यस लत लाग्नुको पछाडि कुनै पनि वैज्ञानिक कारण भने छैन, थुप्रै प्रकारका मानसिक स्थितीहरु भने यो लत लाग्नुमा जिम्मेवार हुन्छन् । जस्तै, डिप्रेशन, एक्लोपन जस्ता कुराहरुले यौनजन्य बानी व्यवहार गर्नतर्फ उद्यत रहने गर्छन् ।
के भन्छन् विशेषज्ञ?
विश्व स्वास्थ्य संगठनको इन्टरनेशनल स्ट्यास्टिकल अफ डिजिज (इक्ड्१०) र अमेरिकी साइकेट्रिस्ट एसोसिएशनले यौनजन्य बानीव्यवहारलाई कुनै पनि रोग नभएको बताएको छ । हरेक व्यक्तिको फरक फरक सेक्स ड्राइभ हुन्छ ।
सेक्सको लत लागेका व्यक्तिहरुको बारेमा सन् २०१९ मे विश्व स्वास्थ्य सम्मेलनमा यस्ता व्यक्तिहरुले कयौँपटक यौनसम्बन्ध राख्दा पनि सन्तुष्ट नहुने बताइएको थियो । सन् २०२२ मा आउने विश्व स्वास्थ्य संगठनको इन्टरनेशनल स्ट्यास्टिकल क्लासिफिकेशन अफ डिजिज (इक्ड्११)मा यस विषयको नयाँ व्याख्या रहेको छ ।
यसमा व्यक्तिले आफ्नो यौन इच्छालाई नियन्त्रण गर्न सक्दैन । यो बानी ६ महिनाभन्दा बढी भएमा यसको असर व्यक्तिको निजी जीवन, पारिवारिक, सामाजिक, शैक्षिक र व्यवसायिक क्षेत्रसम्म पर्न जान्छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।