काठमाडौँ, प्रविधिको दुरुपयोग गर्दै सेलिब्रेटीका फेसबुक लगायत सामाजिक ह्याक गर्ने क्रम बढ्न थालेको छ ।
ह्याकरले फेसबुक ह्याक गर्दै उनीहरुसँग पैसा समेत माग्ने गरेका पाइन्छ । कलाकार निर्देशक दीपाश्री निरौला समेत परेकी छिन् । कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै दीपाको फेसन बुक ह्याक भएको र पैसा समेत माग्न थालिएको बताएकि छिन् ।
दीपकले स्टाटसमा लेखका छन् ‘दीपा जीको फेसबुक ह्याक भएको छ । सरोज खनाल दाईका पनि ह्याक भएको छ । उनले अगाडि थपेका छन्, ‘ह्याकरले चलचित्रकर्मीको फेसबुक ह्याक गर्दै पैसा माग्न थालेको छ ।
अभिनेत्री दीपाले ह्याकरले आफ्नो फेसबुकबाट सुमन गिरी भान्जासँग अप्ठेरो परेको भन्दै एकलाख मागेको बताइन् ।
आफ्नै नामबाट सुमन भन्जासँग एक लाख मागेको रहेछ । हाल्नका लागि एकाउन्ट नम्बर पनि पठाएछ’ दीपाले भनिन्, ‘बुझ्दै जाँदा त्यो एकाउन्ट पनि अर्कैको पो रहेछ । दीपाले पठाएको एकाउन्ट डिटेल लिएर अपराध महाशाखा समेत पुगेकी छन् ।
यस क्रममा एकाउन्ट वाला व्यक्ति पनि पीडित रहेको पाएको दीपाले भनिन्न् उजुरी लिएर प्रहरीको साइबर सेल जाँदैछु । के हो त्यहाँबाट पत्ता सबै लाग्छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।