काठमाडौं । अनिल गुरुङको आफ्नै लेखन र निर्माण रहेको वेभ सिरिज “लभ पोईन्ट” सार्वजनिक भएको छ । पछिल्लो समयमा कथित तल्लो जाती र माथिल्लो जातीको चर्चा चुलिदै गर्दा उनले निर्माण गरेको यस सिरिजमा आफु तल्लो जाती बनेर भूमिका निभाएको छ भने उनको नायिकाको रुपमा एलिना रायमाझी रहेकी छिन् ।
वेभ सिरिज लभ पोइन्टको “मलाई यो बिना बादल टिप्किने बानि र राम्री केटि देखेपछि चिप्किने बानि मन पर्दैन,
मलाई पनि बाहुनले लगाएको धोति र बिना भाले बसेको पोथी मन पर्दैन “ हिट डाइलग टिक टकमा हिट भईसकेको छ।
बिपरित शरिर देख्नासाथ नजिकिन खोज्ने युवा पुस्ताको मनोभावलाई केन्द्र बिन्दुमा राखेर निर्माण गरिएको वेभ सिरिजमा युवाहरुले बोल्ने केही भल्गर लाग्न सक्ने शब्द र संकेत पनि जस्ताको त्यस्तै राखिएको छ ।
नमस्ते अनलाईन टिभीको प्रस्तुति रहेको वेभ सिरिज लभ प्वाईन्टको निर्देशन आरजे प्रणवले गरेका छन् । जसमा नबिन बाबु गुरुङको छायाँकन तुलसी बाँस्कोटाको सम्पादन छ । यसमा अनिल र एलिनासँगै बिशाल रायमाझी तथा शायना जिसीसहितको मुख्य भूमिका छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।