फिफा विश्वकप फुटबल छनौट अन्तर्गत युरोपियन छनौटको पहिलो खेलमा पोर्चुगल विजयी भएको छ ।
बुधबार राति भएको पहिलो खेलमा पोर्चुगलले अजरबैजानलाई १–० गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो । पोर्चुगलको जितमा खेलको ३६ औं मिनेटमा अजरबैजानका माक्सिम मेदभेदेबले आफ्नै पोस्टमा आत्मघाति गोल गरेका थिए ।
जुन गोल पोर्चुगलको जितमा निर्णायक बन्यो । जितसँगै छनौटको समूह ‘ए’ मा रहेको पोर्चुगलले ३ अङ्क जोडेको छ । यसै समूहको अर्को खेलमा सर्बियाले रिपब्लिक अफ आयरल्याण्डलाई ३–२ गोल अन्तरले हराएको छ । सर्बिया ३ अङ्क जोडेर समूहको शीर्ष स्थानमा रहेको छ । पोर्चुगल समूहको दोस्रो स्थानमा रहेको छ । एजेन्सी
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।