काठमाण्डाै, सिन्धुपाल्चोक जिल्ला बलेफि गाउँपालिका ७ का पुष्कर नेपालले चाैथो पटकपनि विश्व रेकट राख्न सफल भएका छन् ।
सोलुखुम्बुको गोक्यो ताल छेउमा रेकर्ड भएको गीत ‘गोक्यो रि’ ले विश्व कीर्तिमान बनाएको छ । ४ हजार ८ सय १३ मिटर उचाइमा गएको फागुनमा रेकर्ड गरिएको गीत र म्युजिक भिडियोलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले विश्वकै अग्लो ठाउँमा रेकर्ड गरेको गीत तथा म्युजिक भिडियोको प्रोजेक्टर निर्देशन पुष्कर नेपाल रूपमा सूचीकृत गरेको हो ।
प्रथम पटक २०१४ डिसेम्बर १४ मा खुट्टाले टाउकोमा १ मिनेटमा सबैभन्दा धेरै पटक छाेएर पहिलो कृतिमान (१३४पटक) कायम गरेका थिए । भने दाेस्राे पटक पनि २०१६ नाेभेम्बर २८ मा विश्वकै उच्च स्थानमा अवार्ड समारोह आयाेजना गरि विश्व कृतिमान (साेलुखुम्बु,४६२७ मिटर ) सिन्धुबासि पुष्कर नेपालले राखेका थिए ।
संसारको अग्लो स्थानमा छायाँकन गरिएको म्युजिक भिडियो गिनिज बुक अफ वल्ड रेकर्डमा स्थापित गराउदै नेपालीहरुका लागी नयाँ सफलता दिलाउन सफल भएका पुष्कर नेपालले तेस्रो पटक पनि विश्व रेकट राख्न सफल भएका थिए ।
चाैथो पटक भने गोक्यो रि नामक गीतमा अडियो भिडियो निर्माण अहिले सम्म कसैले पनि अग्लो स्थानमा नगरेको र प्रोजेक्टर निर्देशन पुष्कर नेपालले नै पहिलो सफलता हासिल गरेको गीनिज बुक अफ वल्ड रेकर्डले बताएको छ ।
नेपालको पर्यटन क्षेत्रलाई लक्षित गरी लामो समयको त्याग तपस्या र कलाकारहरुको कडा मिहनेतले आज हामिले एउटा थप विश्व कीर्तिमान राख्न सफल भएका छाैँ । कोरोना महामारीले थलिएको पर्यटन व्यवसायलाई फेरि स्थापित गराउन गोक्यो रि बोलको गीतको रेकर्ड र म्युजिक भिडियो बनाएको प्रजेक्टर निर्देशन पुष्कर नेपालले मेगा खबरलाई बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।