मंगलवार, श्रावण १२ २०८३Jul 28 2026

  • TRENDING NOW :

१२ वर्षमा हिउँदमै पानी पलाउने अनौठो ठाउँ सिन्धुपाल्चोक

१२ वर्षमा हिउँदमै पानी पलाउने अनौठो ठाउँ सिन्धुपाल्चोक

  • 1.8K
    SHARES

  • १२ वर्षमा हिउँदमै पानी पलाउने अनौठो ठाउँ सिन्धुपाल्चोक

    सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ सिपा धुसेनीस्थित नयाँपानीमा पानीको मूल फुटेको छ।

    यहाँ प्रत्येक बाह्र वर्षको अन्तरालमा हिउँदमा पानी पलाउने गरेको थियो । त्यही सिलसिलामा यसवर्ष यहाँ पानी पलाएको हो । अघिल्लो वर्ष पानी पलाउनु पर्ने भए पनि नपलाएपछि नयाँपानी संरक्षण समितिले क्षमापूजा गरेको थियो । क्षमा पूजापछि नयाँपानी क्षेत्रमा बुधबार पानी पलाएको सो वडाका वडाअध्यक्ष शशिनाथ आचार्यले बताए ।

    पानी पलाएपछि स्थानीयवासी हर्षित छन् । यहाँ पानी पलाएपछि गाउँघरमा विभिन्न रोग नष्ट हुने विश्वास गरिन्छ । नयाँपानीमा प्रत्येक बाह्र वर्षमा मेला लाग्ने गरेको छ ।

    शुक्रवार, माघ १८ २०८११०:४१:२६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार