एजेन्सी, करिना कपुर दोस्रो पटक सुत्केरी भएपछि आफ्नो काममा फिर्ता भइकी छिन् ।
दोस्रो सन्तानको जन्मपछि पहिलो पटक देखिएकी करिना कपुर एकदम फिट देखिएकी छन् । करिना कपुरको तस्बिरमा धेरैले हैरानी जताएका छन् । कपुरको हालै सार्वजनिक भएको तस्बिरमा करिनाको गर्भावस्थामा बढेको तौल घटेको देखिन्छ ।
यस्तो लागिरहेको छ कि बरिना कपुर स्लिम हुने बाटोमा तीब्र रुपमा फर्किरहेकी छिन् । करिना कपुरले अघिल्लो महिना २१ फेब्रुअरीमा आफ्ना कान्छो छोरालाई जन्म दिएकी छिन् ।
आफ्ना व्यावसायिक प्रतिबद्धताका कारण उनी एक महिनाको सुत्केरी बिदा पछि काममा फिर्ता भएकी छिन् । करिनाले पहिलो सुत्केरी बिदा पछि पनि निकै मिहिनेत गरेकी थिइन् ।
तैमुरको जन्म भएको ३ महिना पछि नै उनी काममा फिर्ता भएकी थिइन् । करिनाले त्यतिबेला करिब ६ महिनामा १६ किलो तौल घटाएकी उनि थिइन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।