काठमाडौंँ, अभिनेता निखिल उप्रेती 'जात्रा’ निर्देशक प्रदीप भट्टराई कवि एवम् गीतकार दिनेश अधिकारी एकसाथ सम्मानित रहेका छन् ।
आज सर्लाहीको हजरियामा खेल मैदानमा आयोजित सर्लाही स्वर्णिम सम्मान २०७७ कार्यक्रममा उनीहरुलाई आ–आफ्नो क्षेत्रबाट उल्लेखनीय योगदान पुर्याएको भन्दै सम्मान गरिएको छ । कलाकार र पत्रकार सहित १७ जना सम्मानित भएको कार्यक्रममा गायक शिव परियार, हाँस्यकलाकार शिवशंकर रिजाल (जोगेन्दर),महिला निर्देशक सम्झना उप्रेती रौनियार, सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराई, रंग पत्रकार प्रदीप कार्की, गायक यशकुमार, निर्देशक पुर्णेन्द्र झा, संगीतकार टिका बम्जन, पत्रकार दिवाकर मैनाली, गायक कमल खत्री, कलाकार विजय बराल, मोडल कविता नेपालीले समेत सम्मान पाएका छन् ।
कार्यक्रमभन्दा अगाडि कलाकारहरुलाई टायरगाढामा राखेर भव्य र्याली समेत निकालिएको थियो । निखिल उप्रेतीलाई हेर्न र सेल्फी खिच्न दर्शकको भिड नै लागेको थियो ।
कार्यक्रममा अभिनेता निखिल जन्मथलोमा सम्मानित हुन पाउँदा खुसी लागेको बताए,नगरपालिका प्रमुख देवानन्द महतोले कलाकारिता एवं पत्रकारिता क्षेत्रबाट जिल्ला चिनाउनेलाई हौसला प्रदान गर्न सम्मान गरिएको उनले बताए ।
पत्रकार रंग नविन गिरी र स्थानीय नविन यादवको संयोजनमा भएको सम्मान कार्यक्रममा काठमाडौंदेखि पुगेका चर्चित कलाकारहरुले आ–आफ्नो प्रस्तुति समेत दिएका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।