काठमाडाै, बलिउड अभिनेत्री आलिया भट्ट र रणवीर कपूरको विवाहको चर्चा पछिल्लो समय धेरै छ ।
उनीहरुले कहिले विवाह गर्दैछन् भनेर धेरैले चासो लिने गरेका छन् । एक अन्तरवार्तामा आलियाले आफ्ना पिता महेश भट्ट अहिले नै उनको विवाह गर्ने मनस्थितीमा नभएको बताएकी छन् ।
उनले पिताले आफूलाई छिट्टै टाढा बनाउन नचाहेको पनि बताएकी छिन् । उनले भनिन्,“मेरो बुवालाई मेरो धेरै नै चिन्ता रहेको छ । उहाँको चाहाना त मेरो विवाह नै नहोस् भन्ने छ ।
उनले आफ्ना पिताले विवाहको कुरा गर्दा आफूलाई बाथरुममा बन्द गर्ने धम्की दिने गरेको पनि सुनाइन् । उनले भनिन्, “विवाहको कुरा गर्दा बुवाले मलाई बाथरुममा थुनिदिने धम्की दिनुहुन्छ ।
आफ्नो नजरबाट गराउन नचाहाने बताउँनुहुन्छ ।” पिताले छोरी टाढा हुने डरले विवाह गर्न नदिएको आलियाले अगाडि खुलाएको छिन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।