काठमाडौँ, अभिनेत्री केकी अधिकारीले आफ्नो कपाल मुन्डन गराएकी छिन् ।
उनले आइतबार इन्स्टाग्रामको स्टोरीमा अपलोड गरेको केही भिडियोमा उनको कपाल मुन्डन गरिएको देख्न सकिन्छ । भिडियो देखिएको कपाल मुन्डन लुक्स उनको अहिले सम्मकै भिन्न लुक्स पनि छ । आफ्नो यो लुक्स किन र केका लागि भने उनले केही बताएकी छैनन् ।
कपाल मुन्डनको केही भिडियो उनले सार्वजनिक गरेकी छिन् । पहिलो भिडियोमा उनले लेखेकी छिन्, चेञ्ज इज ब्यूटिफूल,बाल्ड इज ब्यूटिफूल ।अर्काे ए भिडियोमा उनले युवतीहरू कपाल मुन्डन पछि झन् बोल्ड देखिने आशय राखेकी छिन् ।
अभिनेत्री केकी अहिले फिल्म ‘बोक्सीको घर’ अभिनयरत छिन् । नाटक ‘बोक्सीको घर’मा आधारित रहेर फिल्म निर्माण हुन लागेको छ । नाटक भने मण्डला थिएटरमा केही वर्ष अगाडि मञ्चन भएको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।