काठमाण्डाै, नेपाल पुलिस क्लब काठमाण्डौ मेयर कप एकदिवसीय क्रिकेटको फाइनलमा पुगेको छ ।
त्रिवि क्रिकेट मैदानमा बुधवार भएको खेलमा काठमाण्डौ मेयर–एघारलाई एक सय तीन रनले हराउँदै पुलिस उपाधिनजिकै पुगेको छ । पुलिसले दिएको एक सय ९८ रनको लक्ष्य पछ्याएको काठमाण्डौ–एघार ३१ ओभर दुई बलमा ९४ रन बनाउँदा अलआउट भएको छ ।
काठमाण्डौका लागि सन्दीप लामिछानेले सर्वाधिक २६ रन बनाए । पुलिसका पवन सर्राफले चार, दीपेन्द्रसिंह ऐरीले तीन, ललित राजवंशीले दुई र सागर ढकालले एक विकेट लिएका छन् ।
यसअघि पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले ४७ ओभर चार बलमा अलआउट हुँदै एक सय ९७ रन बनायो । पुलिसका लागि योगेन्द्रसिंह कार्कीले सबैभन्दा धेरै ४० रन बनाए । काठमाण्डौका लागि सन्दीप लामिछाने, विपिन खत्री र हरिशङ्कर साहले तीनतीन विकेट लिएका थिए ।
पुलिस प्रतियाेगितामा तीन खेल जित्दै ६ अङ्कका साथ शीर्ष स्थानमा रहँदै फाइनल पुगेकाे छ । वाग्मती दुई अङ्कका साथ चौथो स्थानमा रहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।