साउथ फिल्मकी चर्चित अभिनेत्री काजल अग्रवालको आज जन्मदिन परेको छ । सन् १९८५ जुन १९ मा मुम्बईमा जन्मिएकी अभिनेत्री अग्रवाल आजबाट ३४ बर्षमा लागेकी छिन् । उनले आज आफ्नो जन्मदिन घरमै परिवारसँग मनाउदैछिन् ।
बलिउडमा सिंघम फिल्मबाट डेब्यु गरेकी उनी बलिउड फिल्मबाट त्यति चर्चामा आउन नसकेपनि साउथ फिल्मबाट भने चर्चामा आइन् । उनले फिल्मी यात्रा सुरु गर्नुअघि विज्ञापनमा काम गर्ने गर्थिन् । उनको करिअरकै सबैभन्दा हिट फिल्म मगधिरालाई मानिन्छ । उनले हालसम्म ४० बढी फिल्ममा अभिनय गरिसकेकी छिन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।