काठमाडाै, बलिउडका महानायक भनिने अमिताभ बच्चनले पर्दामा एकसे एक दमदार भूमिका निभाएका छन् ।
एंग्री योंग म्यान’ देखि कमेडीसम्म हरेक भूमिकामा अमिताभ बच्चनले आफ्नो अभिनयमार्फत् दर्शकलाई मनोरञ्जन प्रदान गरेका हुन् । यद्यपि, आफ्नो फिल्मी करियरमा बिग बीले यस्ता केही फिल्म पनि गरेका छन् जुन उनको करियरको सबैभन्दा विवादित फिल्म मानिन्छ । समावेश छ रामगोपाल वर्माको फिल्म ‘निःशब्द’ यसमा अमिताभ बच्चन अभिनेत्री जिया खानसँग देखिएका थिए ।
फिल्ममा उनीहरुको इन्टिमेट सीनले निकै हंगामा मच्चाएको थियो । २ मार्च सन् २००७ मा रिलिज भएको यो फिल्मको कहानी विवादास्पद उपन्यास लोलिता र सन् १९९९ मा रिलिज भएको हलिउड फिल्म अमेरिकन ब्यूटीबाट प्रेरित भएको बताए । यो फिल्ममा अमिताभ बच्चनले आफूभन्दा ४४ वर्ष कान्छी अभिनेत्री जिया खानसँग बोल्ड सिन दिएका थिए जसका कारण उनले आलोचनाको शिकार हुनुपरेको थियो ।
भारतीय मिडियामा प्रकाशित समाचारलाई विश्वास गर्ने हो भने जया बच्चन पनि अमिताभसँग निकै रिसाएकी थिइन् ।फिल्ममा अमिताभ बच्चनलाई एक विवाहित व्यक्तिको रुपमा देखाइएको छ जसका एक छोरी पनि हुन्छिन् । उनकी छोरीकी साथीको भूमिका जिया खानले निभाएकी थिइन् ।
उनीतर्फ अमिताभ आकर्षित हुन्छन्, यस्तोमा जिया खान र अमिताभबीच थुप्रै लभ मेकिङ सीन सुट भएका थिए,यो फिल्म २० दिनभित्र सुट गरिएको थियो । फिल्ममा जिया र अमिताभ बच्चनको लिपलक सीन पनि थियो, यो सबैभन्दा बढी विवादमा आएको थियो ।
यस सीनका कारण जया असाध्यै रिसाएका भएर उनले त्यस उप्रान्त कुनै पनि फिल्ममा यस्ता दृश्य नगरेको बताए । अमिताभ बच्चनलाइए पनि यो फिल्मको विवादबाट बाहिर निस्कन धेरै समय लागेको थियो । यस फिल्म जिया खान र अमिताभ बच्चनको उमेरको भिन्नता र इन्टिमेट सीनका कारण चर्चामा आएको थियो ।
बक्स अफिसमा यो फिल्मले केही विशेष प्रतिक्रिया पाएको थिएन । यहाँसम्म कि रामगोपाल वर्माले पनि उनले निशब्द र आगजस्ता फिल्ममा अमिताभ बच्चनलाई लिएर गल्ती गरेको बताउने गरेका पाइन्छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।