गृह मन्त्रालयको एसएमएस प्रणाली ह्याक भएको छ । बुधवार दिउँसो २ बजेको समयमा गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले एक विज्ञप्ति जारी गर्दै एसएमएस प्रणाली ह्याक भएको र गलत सूचना प्रवाह भएको पाइएको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘२०७७ साल असार ३ गते दिउँसो करिब २ बजेको समयमा यस मन्त्रालयको एसएमएस प्रणालीमा अनाधिकृति रूपमा पहुँच पुर्याई (ह्याक गरी) गलत सूचना एसएमएसमार्फत प्रसारित गरेको पाइएकाले यस मन्त्रालयको ध्यानाकर्षण भएको पाइएको छ ।’
मन्त्रालयले ह्याकिङको विषयमा अनुसन्धान कार्य शुरू गरिसकेको जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।