काठमाडौँ, चलचित्र विकास बोर्ड तथा ब्रिटिश काउन्सिल नेपालको संयुक्त आयोजनामा पुरानो दुई नेपाली फिल्म ‘आमा’ तथा ‘कुमारी’ प्रदर्शन हुनेछ ।
१ सय ९ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर बोर्डले २४ फागुनमा ऐतिहासिक महत्व बोकेका दुई नेपाली फिल्म प्रदर्शन हुन लागेका छन् ।
फिल्म हेरेर चलचित्र बिकाश बोर्ड र ब्रिटिश काउन्सिले तत्कालिन अवस्थामा फिल्ममा नारीको भूमिका र अहिलको अवस्थामा नारीको भूमिका बिषयमा एक कार्यपत्र तयार गर्ने उदेश्यले दुई पुराना फिल्म बोर्डमा प्रदर्शन हुन लागेको चलचित्र बिकाश बोर्डका अध्यक्ष्य दयाराम दाहालले जानकारि दिए ।
आमा’ विसं २०२० मा निर्माण भएको पहिलो नेपाली फिल्म हो, ‘कुमारी’ २०२७ मा निर्माण भएको पहिलो नेपाली रंगीन फिल्म हो । यस दिन ‘सांस्कृतिक कलाकृतिका रुपमा चलचित्र’ तथा ‘चलचित्रमा महिलाको अवस्था’ विषयक एक दिने अन्तरक्रियात्मक कार्यक्रम समेत आयोजना हुदैछ ।
यसमा अभिनेत्री भुवन चन्द, चैत्यदेवि सिंह, मिथिला शर्मा, गौरी मल्ल, रक्षा सिंह राणा, रेखा थापा, ऋचा शर्मा लगायतले महिलाहरुको बिषयमा नै बोलिने छन् ।
बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्रकर्मी शबनम् मुखिया लगायतले फिल्मको सांस्कृतिक महत्व, नेपाली फिल्ममा महिलाको अवस्थाको बारेमा पनि आफ्नो धारणा राख्नेछन् भन्ने भएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।