काठमाडौं, त्रिभुवन विश्वविद्यालयमा नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले गरेको रिले अनशनमा नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड– माधव समूहका अध्यक्ष माधवकुमार नेपालले समर्थन जनाइएका छन् ।
जनता समाजवादी पार्टी निकट प्राध्यापक संघले गरेको कार्यक्रममा सहभागी भएर फर्किएका नेता नेपालले उपकुलपति कार्यालय बाहिर नेविसंघले गरेको विरोध कार्यक्रममा गई समर्थन जनाएर फर्किएका छन् ।
नेपालले त्यहाँ नेविसंघले राखेको पुस्तिकामा हस्ताक्षर पनि गरेका हुन् । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तत्काल घोषणा गर्नुपर्ने, त्रिविको क्यालेन्डर अनुसार नयाँ भर्ना शुरु गर्नुपर्ने, नेपाल विद्यार्थी संघ र त्रिभुवन विश्वविद्यालयबीच भएको २३ बुँदे सहमति कार्यान्वयन हुनुपर्ने, नेविसंघका विद्यार्थीमाथि लागेको मुद्दा फिर्ता हुनुपर्ने लगायतका माग राखेर नेविसंघको त्रिवि समितिले गरिरहेको छ ।
नेविसंघले कोरोना महामारीका कारण परीक्षामा र नतिजा प्रकाशमा ढिलाइ हुँदा विद्यार्थीको शैक्षिक वर्ष १ वर्ष ढिला हुने सम्भावना रहेकाले तत्काल नतिजा दिनुपर्ने माग राखिएको छ ।
रिले अनसनस्थल पुगेर नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष नेपालले विश्वविद्यालयका विद्यार्थीको आवाज दबाउन पञ्चायतकाल देखि अहिले सम्म विभिन्न प्रपञ्च भइरहेको भन्दै त्यसविरुद्ध नेविसंघले आवाज उठाएको भन्दै सराहना गरेका नेविसंघ त्रिवि समितिका सचिव योगेन्द्र रावलले बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।