बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मिसेस नेपाल ग्ल्याम २०२१ आयोजना हुने

मिसेस नेपाल ग्ल्याम २०२१ आयोजना हुने

मेगा खबर संवाददाता

२०, फाल्गुण २०७७
  • 3.8K
    SHARES

  • मिसेस नेपाल ग्ल्याम २०२१ आयोजना हुने

    काठमाडौँ, मिसेस नेपाल ग्ल्याम २०२१’ आयोजना हुने भएको छ । आयोजक ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्टको बिहीबार एक विज्ञप्ति जारी गर्दै ‘मिसेस नेपाल ग्ल्याम’को आयोजना र सहभागिता बारे जानकारी गराएको छ ।


    २० देखि ४५ वर्षसम्मका विवाहित महिलाले आवेदन दिन सक्ने प्रतियोगिताको पहिलो अर्थात छनौट चरणको अडिसन आगामी ७ चैत्रमा हुनेछ ।

    बानेश्वर स्थित होटल रानीमहलमा आयोजना हुने अडिसनमा सहभागीताका लागि अनलाईन मार्फत र ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्टको कार्यालय, आधिकारिक फेसबुक पेज र होटल रानीमहलबाट आवेदन फर्म भर्न सक्नेछन् ।

    विवाहित महिलाहरूको प्रतिभा निखार्दै उनीहरूको भविष्य सुधार्ने उद्देश्य प्रतियोगिताको रहेको आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट प्रा।लिका प्रिति कार्कीले बताइन् ।

    शीर्ष सहित बिभिन्न आधा दर्जन विजेता छानिने प्रतियोगिताको कोरियोग्राफी आश्विनी झाले गर्नेछन् । आश्विनी नेपालका चर्चित तथा सबैभन्दा व्यस्त कोरियोग्राफर हुन् ।

    प्रारम्भिक अडिसनबाट छानिएका प्रतियोगिलाई सञ्चारकला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङसेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतारिने कार्यक्रम संयोजक आकाश गिरीले जानकारि दिए ।

    प्रतियोगिताको विजेताले नेपालको प्रतिनिधित्व गर्दै ‘सिंगापुरमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस इन्टरनेशन’मा सहभागीता जनाउन पाउनेछन् ।

    गए बर्ष कोरोना कारणले गर्दा आयोजना यस प्रतियोगीता आयोजना हुन सकेको थिए । यस बर्ष भने यसले फेरि निरन्तरता पाएको छ ।

    बिहिवार, फाल्गुण २० २०७७०५:३४:०९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार