काठमाडौंँ, फिल्म ‘मिरर’ निर्माण हुने भएको छ । अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीलाई मुख्य भुमिकामा लिएर फिल्म निर्माण हुन लागेको छ ।
थुप्रै नेपाली फिल्मका कोरियोग्राफर कविराज गहतराजको निर्देशन रहने फिल्ममा प्रशान्त ताम्राकारको पनि अभिनय रहने बताइएको छ ।
कविराजले यसै फिल्मबाट निर्देशन डेब्यु गर्न लागेका हुन् । चलचित्र बिकाश बोडमा समेत दर्ता भएको फिल्मको बिषयबस्तु भने अहिले सार्वजनिक गरिएको छैन ।
वैशाखबाट छायाँकनमा जाने फिल्मको बाँकी कलाकार, प्राबिधिक छिट्टै सार्वजनिक गरिनेछ निर्देशक कबिराजले बताए । फिल्म क्षेत्रमा नृत्य निर्देशक भएर काम गरेको अनुभव निर्देशकको रुपमा आफुले खन्याउन लागेको उनको भनाई रहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।