बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

तलबभत्ता सरकारी, काम पार्टीको

तलबभत्ता सरकारी, काम पार्टीको

  • 1.6K
    SHARES

  • तलबभत्ता सरकारी, काम पार्टीको

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समितिका सदस्य डा. विष्णुबहादुर भण्डारीले सरकारी उच्च ओहोदामा रहेर तलबभत्ता लिई राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यको हैसियतमा काम गरिरहेको पाइएको छ ।

    विद्यमान कानुनअनुसार सरकारका सार्वजनिक संस्थान, निकाय वा संस्थामा कार्यरत व्यक्तिले कुनै पनि पार्टीको सदस्यता लिन पाइँदैन । तर, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य भण्डारीले सो कानुनी प्रावधानविपरीत पुनर्निर्माण प्राधिकरणको कार्यकारी समिति सदस्यका रूपमा काम गर्दा पनि उनीमाथि कारबाही भएको छैन ।

    तीन वर्षअघि पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको सदस्यमा नियुक्त भएका उनलाई राप्रपाले गत २९ जेठमा केन्द्रीय सदस्यमा नियुक्त गरेको थियो । पार्टीले केन्द्रीय सदस्यमा नियुक्त गर्दा पनि भण्डारीले पुनर्निर्माण प्राधिकरणबाट राजीनामा दिएका छैनन् । पार्टीको केन्द्रीय सदस्य बनेका उनी प्राधिकरणको विभिन्न बैठकमा सहभागी भइरहेका छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रचार विभाग प्रमुख राजाराम श्रेष्ठले डा. भण्डारीलाई गत २९ जेठमा सम्पादन समिति सदस्यका रूपमा नियुक्त गरिएको पुष्टि गरे । तर, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा प्राधिकरणका कार्यकारी समितिका सदस्य डा. भण्डारीले भने आफू पार्टीमा नरहेको दाबी गरे । आजको राजधानी दैनिक मा समाचार छ ।

    बुधवार, आषाढ ३ २०७७०९:२९:५२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार