बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

प्रिमियर लिग : शीर्ष स्थानमा रहेका म्यानचेस्टर सिटी विजयी

प्रिमियर लिग : शीर्ष स्थानमा रहेका म्यानचेस्टर सिटी विजयी

मेगा खबर संवाददाता

१९, फाल्गुण २०७७
  • 1.7K
    SHARES

  • प्रिमियर लिग : शीर्ष स्थानमा रहेका म्यानचेस्टर सिटी विजयी

    काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी विजयी भएको छ । वुल्भ्सलाई ४-१ गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी विजयी भएको छ ।

    वुल्भ्सका लिन्डेरले आत्मघाती गोल गरेपछि सिटीले १५ औं मिनेटमा अग्रता लिएको थियो । ६१ औं मिनेटमा कोनर कोडीले गोल गर्दै वुल्भ्सलाई बराबरीमा ल्याएको थिए ।

    ८० औं मिनेटमा ग्याब्रियल जेससले गोल गरेपछि सिटी २-१ गाेलले अघि बढेको थियो । ९० औं मिनेटमा रियाद मेहरेजले गोल थपेका थिए भने अतिरिक्त समयको तेस्रो मिनेटमा जेससले व्यक्तिगत दोस्रो गोल गर्दा सिटी ४-१ गाेलले विजयी हुन पुगे ।

    दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग १६ अङ्कको अग्रता कायम भएको छ । लिगमा युनाइटेडको ५० अङ्क रहेको छ । म्यानचेस्टर सिटीलाई जिताउन डेन्डंकरले १, ग्राबियल जिसले २ र मारेजले १ गोल गरेका छन् ।

    जितसँगै म्यानचेस्टर सिटीको ६५ अङ्क भएको छ । हार ब्यहाेरेकाे वुल्भ्स ३४ अङ्कसहित खेलकाे १२ औं स्थानमा रहेको छ ।

    बुधवार, फाल्गुण १९ २०७७०७:५८:०६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार