बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

जय नेपाल फिल्म हल बन्द

जय नेपाल फिल्म हल बन्द

मेगा खबर संवाददाता

१७, फाल्गुण २०७७
  • 4.1K
    SHARES

  • जय नेपाल फिल्म हल बन्द

    काठमाडौँ, राजधानीको मुटुको रुपमा मानिने दरबारमार्ग नजिक रहेको युवापुस्ता माझ लोकप्रिय जय नेपाल फिल्म हल अहिले बन्द भएको छ ।

    नेपालको नै सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले विगत २० वर्षदेखि सञ्चालन गर्दै आएको यो हल बन्द भएको छ ।क्वेस्ट इन्टरटेनमेन्ट प्रमुख नकिम उद्दिनले आफुले हल अब सञ्चालन नगर्ने भएकाले अहिलेकोलाई बन्द भएको बताए ।

    विगत २, ३ वर्षदेखि जय नेपाल हामीले घाटामा चलाउँदै आएका थियौ’ उद्दिनले भने, कोभिड महामारी पछि हललाई अगाडि बढाउन झन् गार्हो भएकोले हामीले नचलाउने गरेर छोडेका छाै  उनले भने ।

     भाडामा लिएर आफुले फिल्महरु चलाउँदै आएको जानकारी दिएका उघिनले थपे,‘हामीले भाडामा चलाउँदै आएको हल अब नचलाउने भनेर फिर्ता दिएका हाै, अब चल्छ, चल्दैन भन्न सकिन्न् । उद्दिनले आफुले भने उक्त हल अब नचलाउने स्पष्ट पारे ।

    जय नेपाल फिल्म हलमात्र होइन कुमारी हल पनि अहिले बन्द रहेको छ, कुमारी हल भने अहिले मर्मतका लागि बन्द गरिएको छ । क्वेस्ट इन्टरटेनमेन्टले फिल्म चल्ने माहोल हेरेर कुमारी छिट्टै सञ्चालनमा ल्याउने जानकारी दिए ।

    कोरोना महामारीका कारण मुलुकका अन्य धेरै हल समेत अहिले बन्द हुने अवस्थामा रहेको पाइन्छ ।

    सोमवार, फाल्गुण १७ २०७७०६:१३:१४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार