बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बिहेको लागी तयारीमा नीता र हरिहर

बिहेको लागी तयारीमा नीता र हरिहर

मेगा खबर संवाददाता

१७, फाल्गुण २०७७
  • 1.8K
    SHARES

  • बिहेको  लागी तयारीमा नीता र हरिहर

    काठमाडौँ, अभिनेत्री नीता ढुंगाना र ज्योतिष हरिहर अधिकारीले आफ्नो प्रेम सम्बन्ध लुकाउन हरप्रयास गरे । तर, लुकाउन खोज्दा–खोज्दै पनि उनीहरुको प्रेम सम्बन्धले सबैमाझ चर्चा पायो । 

    यो जोडीले विभिन्न तरिकाबाट आफ्नो प्रेम प्रदर्शन गरिरहेका थिए । कहिले नीताले स्टोरीमा फोटो हालिन्, कहिले हरिहरले फेसबुक वालमा बिना क्याप्सन फोटो पोस्ट्याए र हटाए ।

    मिडियालाई आफूहरु गहिरो दोस्तीमा रहेको बताउँदै उनीहरु डेटमा कहिले पोखरा पुगे, कहिले काठमाडौंमै रमाए । गएको प्रणय दिवसमा दुईजनाको फोटो राखेर नीताले शुभकामना दिएपछि भने यो जोडीले प्रेम स्विकारेको बताउन थालिएको छ । 

    हरिहरको जन्मदिन फागुनमा नभएर चैत्रमा पर्ने भन्दै नीताले अर्कै तरिकाबाट आफ्नो प्रेम स्विकार गरेको उनी निकट स्रोतले बताएको छ ।

    हरिहरसँगको प्रेम औपचारिक रुपमै स्विकार गरेर भोजपुरी फिल्मको सुटिङका लागि नीता आगरा पुगिन् । अहिले उनी चलचित्र ‘माही’ सुटिङकै क्रममा छिन् । 

    हरिहर नीतालाई भेट्न अहिले दिल्ली पुगेका छन् । हरिहर दिल्ली पुगेपछि ताजमहल अगाडि खिचेको फोटो राख्दै नीताले लेखिन्, ‘तिमी आयौ बहार आयो ।’

    हरिहरले भने आफू संस्कार टेलिभिजनमा ज्योतिषीय कार्यक्रम चलाउने सिलसिलामा आएको बताउने गरेका छन् । छुट्टाछुट्टै सार्वजनिक हुने उनीहरुका तस्बिरमा एउटै चस्मा देखिएको भन्दै उनीहरुका फ्यानले हरिहर नीतासँग डेट गर्न दिल्ली पुगेको बताएका छन् ।  

    अघिल्लो वर्षबाट प्रेममा रहेको यो जोडी विहेको तयारीमा रहेकोसमेत बताइएको छ । उनीहरु वैशाखमा बिहे गर्ने तयारीमा छन् । 

    सोमवार, फाल्गुण १७ २०७७०३:४०:३१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार