काठमाडौँ, फिल्म ‘चिसो मान्छे’को छायाँकन सुरु गरिएको छ । आज बिहान ललितपुरको महालक्ष्मी मन्दिरमा शुभ साइत गर्दै फिल्मको छायाँकन शुरु गरिएको छ ।
दीपेन्द्र के खनालको लेखन, छायाँंकन तथा निर्देशन रहने फिल्म शर्मिला पाण्डेले निर्माण गर्न लागेकी छिन् । स्वस्तिमा खड्का, अर्पण थापाको मुख्य भूमिका रहने फिल्ममा देशभक्त खनाल, आशान्त शर्मा, झकेन वीसी लगायतका कलाकारको अभिनय रहनेछन् ।
कार्यक्रमका चलचित्र विकास बोर्डको अध्यक्ष दयाराम दाहाल, फिल्मका कलाकार लगायत सिमित ब्यक्तिको मात्र उपस्थिती रहेको थिए ।
कार्यक्रममा बोर्ड अध्यक्ष दाहालले फिल्मको सफलताका लागि शुभकामना दिएका छन् । सुभाष भूषालको संगीत रहने यो फिल्म काठमाडौंदेखि बाजुरासम्मका विभिन्न लोकेशनमा खिचिने निर्देशक दीपेन्द्र के खनालले जानकारि दिए ।
समाजको चिसो पात्रको रुपमा रहेका मानिसको कथा भन्ने फिल्मलाई घाममा नखिच्ने योजना दीपेन्द्रले बनाएका हुन् । फिल्मको रिलिज मिति भने ११ भदौमा तय गरिइएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।