बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

गायिका अञ्जु पन्तले फेरि पनि गरिन् विवाह

गायिका अञ्जु पन्तले फेरि पनि गरिन् विवाह

मेगा खबर संवाददाता

१२, फाल्गुण २०७७
  • 2.1K
    SHARES

  • गायिका अञ्जु पन्तले फेरि पनि गरिन् विवाह

    काठमाडाै, गायिका अन्जु पन्तले बैवाहिक जिवनमा बाधेकि छिन्, उनले बुधबार थिर कोइरालासँग पाटनस्थित एक चर्चमा विवाह गरेकी छिन् ।

    विवाहपछि अन्जुले सामाजिक सञ्जाल फेसबुकमा विवाहको भिडियो समेत राखिसकेकि छिन् । भिडियोमा पन्तले ‘धेरै माया नदेऊ मलाई’ बोलको आफैँले गाएको गीतमा टिकटक समेत बनाएकी छिन् । अन्जु र थिरले एक वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको बताइएको छ । 

    अलि समय अगाडि थिरसँग विवाहको चर्चा चले पनि पन्त भने मौन रहँदै आएकी थिइन्, तर थिरले भने विवाहको कुरो मिडियामा स्वीकारि सकेका थिए ।

    थिर र अन्जुले विवाहमा सीमित आफन्तहरु मात्र सहभागी रहेको बुझिएको छ,आफूहरूबीच विवाह भएको थिरले बताए । उनले आफूहरुले पाटनको चर्चमा बिहे गरेको र कोरोनाको कारणले सीमित आफन्तका उपस्थितिमा विवाह गरेको थिरको भनाइ छ ।

    गायिका पन्तको यस अगाडि गायक संगीतकार मनोज राजसँग विवाह भएको थियो । करिब एक दशक अगाडि उनले मनोज राजसँग डिभोर्स लिएकी थिइन् । मनोजराज र अञ्जुको एक छोरी समेत छिन् । 

    बुधवार, फाल्गुण १२ २०७७०९:२६:२६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार