काठमाडौँ, फिल्म ‘मनसँग मन’को छायाँकन सकिएको छ । कालिञ्चोकको रमणिय स्थानमा ‘सही दिउँला तिम्रो लागि’ बोल रहेको गीतको छायाँकन सँगै फिल्म सकिएको निर्माण युनिटले जानकारी दिए ।
गीतमा पुष्प खड्का र वर्षा सिवाकोटीको रोमान्टिक अवतार समेटिएको छ । जसको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् । मुकेश उदासको शब्द,रोशन हिङ्गमाङ्ग र अस्मिता अधिकारीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत दिएका हुन् ।
कैलाश राईको निर्देशन रहेको फिल्मको अरुण तामाङ निर्माता छन् । सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन रहेको फिल्ममा सन्तोष खवासको एक्सन रहेको छ । अब २७ चैत्रमा रिलिज हुने बताइएको फिल्ममा पुष्प र वर्षाकै मुख्य भूमिका रहेने छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।