काठमाडौं, पछिल्लो समयकी हिट अभिनेत्री हुन् साम्राज्ञी राज्य लक्ष्मी शाहले हालै फिल्म ‘तिम्रो मेरो साथ’ को छायाँकन सकाएकी छन् ।
फिल्मको केही दिन पहिले सुटिङ सकिएको थियो, अहिले भने साम्राज्ञीले केही तस्बिर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी छन्, तस्बिरलाई फ्यानले रुचाएका हुन् ।
तस्बिर फिल्म ‘तिम्रो मेरो साथ’को सेट छ । जुन तस्बिर शाहले अभिनेता पुष्प खड्कासँग स्विमिङ पुलभित्रको चिसो पानीमा खिचिएकी छन् ।
शाहले चिसो पानीमा छायाँकन गर्दाको अनुभव समेत उल्लेख गरेकी छिन् । फिल्मका निर्माता तथा निर्देशक रमेश एम के पौडेल छन् ।
आर्यन फिल्मस् तथा वोधी एच डी अमेरिकाको ब्यानरमा निर्माण भएको फिल्ममा साम्राज्ञी र पुष्पको अलवा सरोज खनाल, खबपु, इमिली लामा, धु्रव दत्तको पनि मुख्य भूमिका छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।