एजेन्सी, बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले सन् २००० मा मिस वल्र्डको ताज जितेपछि इतिहास रचिन्की छिन् ।
ताज पहिरिने दिन उनको दुर्घटना भएको थियो, स्टेजमा जानुभन्दा पहिले एक दुर्घटना भएको बताइन् । उनको उक्त दुर्घटनामा लागिइएको अनुहारको चोट छोप्न उनले ताज लिन जाँदा अनुहारमा कपाल झारेकी हुन् ।
उनले आफ्नो अटोबायोग्राफीमा उक्त दिनको बारेमा खुलाउँदै लेखेकी थिइन्,जब मैले मिस वल्र्डको ताज जितेकी थिँए । तब सबैले मेरो अनुहारमा झुन्डिएको कपाल देखेका होलान् तर, मैले त्यो बेला उक्त कपाललाई निकै सुन्दर अन्दाजमा प्रस्तुत गरेकी थिएँ ।
उक्त समयमा प्रियंका चोपडाले कपाललाई कर्ल गरिरहेको र ब्याक स्टेजमा ९० जना जति युवतीहरु भएको बताएकी छिन् 'म कपाल कर्ल गर्दै थिए, तर पछाडिबाट कसैले मलाई धक्का दियो, र मेरो अनुहारका केही भाग झल्यो । मैले त्यही चोट लुकाउन उक्त कपाल अनुहार अगाडि झारेर गएकी थिएँ उनले भनिनन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।