बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बायर्न जर्मन कपको फाइनलमा पुग्यो

बायर्न जर्मन कपको फाइनलमा पुग्यो

  • 4.7K
    SHARES

  • बायर्न जर्मन कपको फाइनलमा पुग्यो

    रोबर्ट लेवन्डस्कीले गरेको निर्णायक गोलमा साविक विजेता बायर्न म्युनिखले गए राती इन्ट्राचट फ्रायङफर्टलाई २-१ ले हराउँदै जर्मन कपको फाइनलमा स्थान बनाएको छ ।

    थोमस मुलरको पासमा इभान पेरिसिचले १४औं मिनेटमा गरेको गोलमा बायर्नले अग्रता लिएको थियो। सन् २०१८ को विजेता इन्ट्राचटले ६९औं गोलमा मिनेटमा ड्यानी डा कोस्टाले बराबरी गरेको थियो । त्यसको पाँच मिनेट बित्‍न नपाउँदै लेवन्डस्कीले गरेको गोल बायर्नको जितमा निर्णायक बन्यो ।

    जोशुवा किमिचको पासमा लेवन्डस्कीले गरेको गोललाई शुरूमा अफसाइड दिइएको थियो । तर भिडियो सहायक रेफ्रीले गोलको मान्यता दिएका थिए। पोल्यान्डका फरवार्ड लेवन्डस्कीको यो सिजन ३९ खेलमा ४५औं गोल हो ।

    बायर्नले अब उपाधिका लागि बायर लेभरकुसेनविरुद्ध खेल्नेछ। फाइनल खेल बर्लिनको ओलम्पिक रंगशालामा ४ जुलाईमा हुनेछ । लेभरकुसेनले चौथो श्रेणीको क्लब साब्ररुकेनलाई ३-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

    बायर्न जर्मन बुन्डेसलिगाको पनि उपाधि नजिक छ। बायर्नले अब दुई खेल जित्‍नेबित्तिकै लिग उपाधि पक्का गर्नेछ । बायर्नले २१ मध्ये २० खेलमा विजय हासिल गरेको छ ।

    बिहिवार, जेठ २९ २०७७०३:५४:२३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार