बुरुन्डीका राष्ट्रपति पियरे कुरुन्जिजाको हृदयाघातबाट निधन भएको छ । १५ वर्षदेखि बुरुन्डीमा एकछत्र शासन चलाएका उनी ५५ वर्षका थिए ।
रक्तपातपूर्ण गृहयुद्ध समाप्तिपछि उनले सन् २००५ मा मुलुकको राष्ट्रपतिको पद सम्हालेका थिए । उनी पूर्वलडाकु नेता हुन् ।
गत महीना भएको आम चुनावका विजेता तथा आफ्ना मित्र एभरिस्टे दायिसिमियेलाई सत्ता हस्तान्तरणको तयारीमा रहेकै वेला उनको निधन भएको हो । सत्ता हस्तान्तरणका क्रममा सम्भावित हिंसा रोक्न सरकारले कदम उठाउँदै थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।