बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आज मन्त्रिपरिषद बैठक, लकडाउन मोडालिटीबारे छलफल हुने

आज मन्त्रिपरिषद बैठक, लकडाउन मोडालिटीबारे छलफल हुने

  • 1.9K
    SHARES

  • आज मन्त्रिपरिषद बैठक, लकडाउन मोडालिटीबारे छलफल हुने

    काठमाडौं । आज दिउँसो २ बजे मन्त्रिपरिषदको बैठक बस्दै छ । बैठकमा लकडाउनको मोडालिटी लगायतका विषयमा छलफल हुनेछ । गत चैत ११ गतेदेखि जेष्ठ ३२ गतेसम्म नेपालभर लकडाउन घोषणा गरिएको छ ।

    उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्ताव तयार पारेर मन्त्रिपरिषदमा बुझाइसकेको छ । यसबारे आवश्यक निर्णय गर्न आज अपराह्न २ बजे प्रधानमन्त्री निवास बालुवाटरमा मन्त्रिपरिषद बैठक बोलाइएको छ । बैठकमा लकडाउनको स्वरूप परिवर्तन, जनस्वास्थ्य संकटकाल लगायतका विषयमा आवश्यक निर्णय हुन सक्ने एक मन्त्रीले जानकारी दिए ।

    रक्षामन्त्री पोखरेलले भने सयभन्दा कम भएका जिल्लामा जेठ २५ देखि नै लकडाउन खुकुलो बनाउने प्रस्ताव पेश गरेका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओली लकडाउन खुकुलो बनाउनु नहुने अडानमा थिए । लकडाउन लम्बिदै गएपछि आर्थिक गतिविधि ठप्प भएको छ । जसले आममानिसको जनजीवन नै अस्तव्यस्त भएको छ ।

    बुधवार, जेठ २८ २०७७१२:२२:२९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार