काठमाडौं: राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदैछ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा चौदण्डीगढी नगरपालिका र वालिङ नगरपालिका प्रतिस्पर्धा गर्नेछन् ।
१२ बजे शुरु हुने खेलमा चौदण्डीगढी प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ भने वालिङ दोस्रो स्थानमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रने छ । त्यस्तै आजै हुने दोस्रो खेलमा विराटनगर महानगरपालिका र त्रिभुवन आर्मी फुटबल क्लब भिड्नेछन् । आर्मी जित निकाल्दै शीर्ष स्थानको एपीएफसँग अंकदुरी घटाउने लक्ष्यमा रहने छ । उता आर्मीलाई रोक्न पाँचौ स्थानको विराटनगरलाई चुनौती हुनेछ, खेल दिउँसो ३ बजे शुरु हुनेछ ।
प्रतियोगितामा सहभागी टिमहरुमा विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, वालिङ नगरपालिका स्याङजा, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका हुन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।