काठमाण्डाै, राष्ट्रिय महिला लिग फुटबलमा आज सशस्त्र प्रहरीको एपीएफ क्लबले चन्द्रपुर नगरपालिका रौतहटलाई आठ–शून्य गोलले हराएको छ ।
एन्फा कम्पलेक्स सातदोबाटोको मैदानमा भएको खेलमा एपीएफका लागि सावित्रा भण्डारी एक्लैले ६ गोल गरेको छिन् । सावित्राले खेलकाे छैटाैँ, ३३ औँ, ४७ औँ, ६० औँ, ६२ औँ र ७९ औँ मिनेटमा गाेल गरिन् ।
यस्तै कप्तान अनिता बस्नेतले खेलकाे पहिलाे मिनेटमै र ५४ औँ मिनेटमा दुई गोल गरिन् । याे जितसँगै एपीएफ आठ खेलमा २४ अङ्क सहित शीर्ष स्थानमा यथावत् नै रहेको छ । चन्द्रपुर आठ खेलमा ६ अङ्क सहित छैटाैँ स्थानमा छ ।
प्रतियोगितामा बिहीवार चौदण्डीगढी र वालिङ नगरपालिका तथा त्रिभुवन आर्मी र विराटनगर महानगरपालिका खेल्नेछन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।