बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बालुवाटारमा प्रदर्शनकारीमाथि पानीको फोहोरा

बालुवाटारमा प्रदर्शनकारीमाथि पानीको फोहोरा

  • 4.2K
    SHARES

  • बालुवाटारमा प्रदर्शनकारीमाथि पानीको फोहोरा

    नागरिकको स्वास्थ्यमाथि खेलवाड भएको भन्दै बालुवाटारमा विरोध प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले पानीको फोहोरा हानेको छ।

    मंगलबार बिहान अभियान्ताहरूले स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै बालुवाटारमा विरोध प्रदर्शन गरेका हुन्।

    उनीहरूले नाराबाजी समेत गरेको र प्रतिबन्धित क्षेत्रमा प्रदर्शन गरेको भन्दै पानीको फोहोराले नियन्त्रणमा लिन खोजेको महानगरीय प्रहरी परिसरका डिएसपी राजकुमार केसीले जानकारी दिए।

    'उहाँहरूले प्रतिबन्धित क्षेत्रमा नाराबाजी समेत गरेका थिए,'उनले भने,'त्यसपछि पानीको फोहोराले हानिएको हो।'

    उनका अनुसार केहीलाई पक्राउ गरिएको छ। उनीहरूले आरडिटी बन्द गरी पिसिआर परीक्षणको दायरा बढाउनु पर्ने, कर तिर्न गरेको ताकेता, राष्ट्रपति कार्यालयमा फेर्न लागेको कार्पेट लगायतका विरूद्ध विरोध प्रदर्शन गरेका हुन्।

    मंगलवार, जेठ २७ २०७७०१:२६:०८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार