बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

फिल्म ‘तिम्रो मेरो साथ’को छायाँकन युनिटमा विवाद

फिल्म ‘तिम्रो मेरो साथ’को छायाँकन युनिटमा विवाद

  • 2.3K
    SHARES

  • फिल्म ‘तिम्रो मेरो साथ’को छायाँकन युनिटमा विवाद

    काठमाडौँ, फिल्म ‘तिम्रो मेरो साथ’को छायाँकन युनिटमा विवाद भइरहेको छ ।

    फिल्मका निर्माता रमेश एम के पौडेल र नृत्य निर्देशक रामजी लामिछाने बीच गीतको छायाँकन खर्चलाई लिएर विवाद भएको छ ।

    पाँच लाखमा सकाउंने जिम्मा लिएको फिल्मको आइट गीत नृत्य निर्देशक रामजीले २५ लाख भन्दा बढी खर्च गराएको कारण निर्माता र नृत्य निर्देशक बीच लफडा चलेको निर्माण युनिटका एक सदस्यले जानकारि दिए ।

    फिल्मको नाम ‘तिम्रो मेरो साथ’ भएपनि आफूले नृत्य निर्देशकबाट राम्रो साथ नपाएको निर्माता पौडेलले गुनासो गरेका छन्,,अहिलेको समयमा जोखिम उठाएर फिल्ममा लगानी गरियो’ निर्माता पौडेलले ‘सहकर्मीहरुका कारण जोखिम माथि जोखिम बढ्यो ।

    गीतको सुटिङमा सोचेको भन्दा केही बढी रकम लागेको नृत्य निर्देशक रामजी लामिछानेले स्वीकारेका छन्, ‘फिल्मको गीतमा भएको खर्चलाई लिएर निर्माता सँग केही असमझदारी भएको हो,लामिछानेले भने ‘तर पनि मैले फिल्म छोडेको छैन । काम गर्दैछु  ।

    फिल्म ‘तिम्रो मेरो साथ’को छायाँकन स्थलबाट फिल्मको एक तस्बिर समेत बाहिर आएको छ । बाहिरिएको तस्बिर फिल्मको सोही आइटम गीतको हो, जसको छायाँकन बिषयलाई लिएर निर्माता र निर्देशकबीच लफडा भएको थियो । आइट गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का, सन्दिप क्षेत्रीले नृत्य गरेका हुन् ।

    फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का, सन्दीप क्षेत्रीको मुख्य भूमिका रहेको फिल्म आर्यन फिल्मस् तथा वोधी एच डी अमेरिकाको ब्यानरमा निर्माण भैरहेको छ । सविर श्रेष्ठको पटकथा तथा संवाद रहेको फिल्ममा  सरोज खनाल, खबपु, इमिली लामा, धु्रव दत्तको पनि मुख्य भूमिका रहने उनले बताए ।

    आइतवार, माघ २५ २०७७११:३१:०१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार