बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

रोनाल्डोका सिजनको २३ औँ गोलमा युभे विजयी

रोनाल्डोका सिजनको २३ औँ गोलमा युभे विजयी

  • 1.8K
    SHARES

  • रोनाल्डोका सिजनको २३ औँ गोलमा युभे विजयी

    क्रिस्टियानो रोनाल्डोको सिजनको २३ औँ गोलको मद्दतमा युभेन्टसले एएस रोमालाई हराउँदै इटालियन सिरिए एको तेस्रो स्थानमा उक्लिएको छ । 

    रोनाल्डोले तीन खेलमा गोलको खडेरी अन्त्यत गर्दै खेलको १३ औँ मिनेटमा युभेन्टसलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा रोजर इबानेजले आत्मघाती गोल गरेपछि युभेन्टस २–० गोलले विजयी बन्एको छ ।

    जीत सँगै साबिक विजेता युभेन्टस रोमालाई उछिन्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ भने शीर्ष स्थानमा रहेको इन्टर मिलानसँग ५ अंकले पछि रहेको छ । यद्यपि, युभेले एक खेल कम खेलेको हो ।

    आन्द्रे पिर्लोको टोलीका लागि सबै प्रतियोगितामा यो लगातार छैटौँ जीत हो । हालै ३६ वर्ष पुगेका रोनाल्डोले आफ्नो गोल गर्ने फर्मलाई जारी राखेका हुन् । लिगको सर्वाधिक गोलकर्ताको सूचीमा उनी इन्टर मिलानका रोमेलु लुकाकुभन्दा अघि १७ खेलबाट १६ गोल गर्दै शीर्ष स्थानमा छन् । अन्य खेलमा नापोली भने जेनोआसँग १–२ गोल अन्तरले पराजित भएका छन् ।

    आइतवार, माघ २५ २०७७०९:००:३१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार